क्र.श. |
कर्जा योजना |
विवरण |
अवधी |
व्याजदर |
१. |
साधारण कर्जा |
यो कर्जा सदस्यले आय आर्जन हुने जुनसुकै व्यवसायिक संचालनको लागि लिन पाउने छन । विशेषता
- सिमाः रु.१००० देखि ३००,००० सम्म ।
- प्रत्येक पटकको कर्जामा रु.५०,००० सम्म वृद्धि हुने ।
- रु.१००,००० सम्मको कर्जा ३ महिने किस्ता बनाउन मिल्ने ।
- रु.१५,००० सम्मको कर्जा केन्द्र बैठक मै लगानी हुने ।
- जुनसुकै समयमा पनि कर्जा घटाउन तथा कर्जा चुक्ता गर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
- ३ महिना सम्मको ग्रेस लिन मिल्ने ।
|
१ देखि ४ बर्ष |
१४।७५ %
|
२. |
मौसमी कर्जा |
सदस्यले यो कर्जा मौसम अनुसार व्यवसायमा थप लगानी गर्नका लागि लिन सक्ने छन् । विशेषता
- सिमाः पहिलो पटक रु.२०,००० र सो भन्दा पछि रु.३०,००० सम्म ।
- रु.१५,००० सम्मको कर्जा केन्द्र बैठक मै लगानी हुने ।
- जुनसुकै समयमा पनि कर्जा घटाउन तथा कर्जा चुक्ता गर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
|
१ बर्ष |
१४।७५ % |
३. |
आवास कर्जा |
यो कर्जा सदस्यको घर निर्माण, मर्मत, चर्पी निर्माणका लागि १ पटक साधारण कर्जा लगि सकेको भए पाईने छ । विशेषता
- यो कर्जा रु.१५,००० देखि रु.३००,००० सम्म पाईनेछ ।
- जुनसुकै समयमा पनि कर्जा घटाउन तथा कर्जा चुक्ता गर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
- ३ महिना सम्मको ग्रेस लिन मिल्ने ।
|
१ देखि ४ बर्ष |
१४।७५ % |
४. |
बैदेशिक कर्जा |
संस्थामा आवद्ध सदस्यको एकाघरका परिवारबाट वैदेशिक रोजगारमा जान चाहेमा लाग्ने खर्च बराबर वा तिर्न सक्ने क्षमता अनुसार पहिलो पटक नै अधिकतम सिमा ननाघ्ने गरि बैदेशिक ऋण लिन सकिनेछ । विशेषता
- यो कर्जा रु.१५,०००० सम्म तथा आवश्यकता अनुसार पुराना सदस्यहरुलाई कारोवारका आधारमा रु.३००,००० सम्म पाईनेछ ।
- बैदेशिक रोजगारमा जाने व्यक्तिको पासपोर्ट, भिजा नेपाल सरकारले सम्बन्धीत देश÷ कम्पनीमा काम गर्नको लागी दिएको श्रम स्विकृती अनिवार्य चाहिने छ ।
- जुनसुकै समयमा पनि कर्जा घटाउन तथा कर्जा चुक्ता गर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
- २ महिना सम्मको ग्रेस लिन मिल्ने ।
|
१ देखि ४ बर्ष |
१४।७५ % |
५. |
केन्द्रकोष आकस्मीक कर्जा |
सदस्यले यो कर्जा आफ्नो घर परिवारको दैनिक खर्च जस्तैः विजुलिको विल तिर्न, स्कुलको फिस तिर्न, कृषि लगाएत अन्य कार्यका लागि लिन सक्ने छन । विशेषता
- यो कर्जा रु.१५,००० सम्म पाईनेछ ।
- केन्द्र बैठकमै लगानी हुने ।
- आकस्मीक विरामी हुदा वा अन्य कार्यमा कार्यालयबाट जुनसुकै बेला पनि लगानी हुने ।
- सदस्यको ईच्छा अनुसार ३ महिनामा एकमुष्ठ वा वार्षिक किस्तावन्दीमा तिर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
|
३ महिना देखि १ बर्ष |
१२ % |
६. |
किसान सक्षम व्यवसायी कर्जा |
व्यवसाय गरि रहेका सदस्यहरुलाई व्यवसाय संचालनका लागि पुजीको अभाव हुन नदिनु यस ऋणको मुख्य उद्देश्य हो । यस ऋणले सिप तथा अनुभव भएका सदस्यहरु लाई व्यवसाय संचालन तथा विस्तारका लागि पुजीको अभाव हुन नदिई उनिहरुलाई व्यवसायी बन्न प्रेरित गर्नेछ । विशेषता
- यो कर्जा रु.२०० ,००० देखि रु.१५,००,००० सम्म पाईनेछ ।
- यो कर्जाको लागि धितो अनिवार्य हुनेछ ।
- जुनसुकै समयमा पनि कर्जा घटाउन तथा कर्जा चुक्ता गर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
- ६ महिना सम्मको ग्रेस लिन मिल्ने ।
|
१ देखि १५ बर्ष |
१४।७५ % |
७. |
युवा उधमशिल कर्जा |
संस्थाको कार्य क्षेत्रमा रहेका यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ यो ऋणको व्यवस्था गरिएकोछ, यो ऋण कृषी लगायत अन्य स्वरोजगार सृजना हुने क्षेत्रमा मात्र लगानी गर्न पाईनेछ, यो कर्जा समुहमा आवद्ध नभएका युवा उद्यमी बन्न चाहाने व्यक्तिहरु तथा सामुहिक रुपमा उद्यमशिल कार्य गर्ने समुहलाई उपलब्ध गराईनेछ । विशेषता
- यो कर्जा रु.१००,००० देखि रु.५,००,००० सम्म पाईनेछ ।
- यो कर्जा आवश्यकता अनुसार धितो तथा विना धितो लगानी हुनेछ ।
- जुनसुकै समयमा पनि कर्जा घटाउन तथा कर्जा चुक्ता गर्न सकिने ।
- अग्रिम कर्जा भुक्तानी गर्दा अत्तिरिक्त शुल्क नलाग्ने ।
|
१ देखि ३ बर्ष |
१४।७५ % |
८. |
महामारी जिविकोपार्जन सापटी |
संस्थाले विपत तथा महामारीका वेला समस्यामा परेका आफ्ना सदस्यहरुलाई जिविकोपार्जनका लागि राहत स्वरुप व्याज नलाग्ने गरि यो सापटी उपलव्ध गराउनेछ ।
विशेषता
- यो सापटी हाल लाई रु.३००० सम्म पाईनेछ ।
- ३ महिना भित्र एकमुष्ठ तिर्नु पर्नेछ ।
|
३ देखि ६ महिना |
निर्व्याजी |